एसएसपी सुवास बोहराले ब्यूरोको कमाण्ड सम्हालेसँगै अवैध लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणमा उल्लेख्य र आक्रामक सफलता
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो (NCB) को नेतृत्व एसएसपी सुवासचन्द्र बोहराले सम्हालेपछि ब्यूरोले अवैध लागू औषध ओसारपसार र कारोबार नियन्त्रणमा उल्लेख्य र आक्रामक सफलता हासिल गरिरहेको छ।
उनको कडा र योजनाबद्ध नेतृत्वका कारण ब्यूरोले पछिल्ला दिनहरूमाठू ला-ठूला अन्तर्राष्ट्रिय तथा घरेलु टवर्कहरू ध्वस्त पार्न सफल भएको छ।
एसएसपी बोहराको नेतृत्वमा भएका मुख्य उपलब्धि र ब्यूरोको सक्रियता यस प्रकार छन्:
ब्युरोको जिम्मेवारी सम्हालेलगत्तै एसएसपी बोहरा लागू औषध कारोबारीहरू विरुद्ध कडा रूपमा उत्रिएका छन्, जसका कारण प्रहरीले आवश्यक पर्दा गोली समेत प्रहार गरी तस्करहरूलाई नियन्त्रणमा लिइरहेको छ।
#हालैका विशेष अपरेशनहरूमा बालकुमारी तथा अन्य क्षेत्रबाट २४ हजार ७ सय क्याप्सुलभन्दा बढी प्रतिबन्धित टेपेन्डाडोल तथा ट्रामाडोल जस्ता औषधीय लागू औषधहरू बरामद गरिएका छन्।
#ब्यूरोले नेपाललाई ट्रान्जिट बनाएर गरिने अन्तर्राष्ट्रिय तस्करीमाथि कडा निगरानी राख्दै कोलम्वियाबाट ल्याइएको ४.२५८ केजी कोकिनसहित विदेशी महिलाहरूलाई नियन्त्रणमा लिन सफल भएको छ ।
#विगत लामो समयदेखि फरार रहेका तथा केन्द्रिय कारागारबाट भागेका खैरो हेरोइन कारोबारमा संलग्न पुराना मुख्य अभियुक्तहरूलाई समेत ब्यूरोको टोलीले विभिन्न स्थानबाट समातेर जेल चलान गरिरहेको छ ।
#एसएसपी बोहराको यो प्रभावकारी र रणनीतिक नेतृत्वले ब्यूरोलाई लागू औषध नियन्त्रणमा सफलताको एउटा बलियो पर्यायको रूपमा स्थापित गराएको छ।
एसएसपी सुवास बोहराले ब्यूरोको कमाण्ड सम्हालेसँगै अवैध लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणमा उल्लेख्य र आक्रामक सफलता

