डिआईजी ओम अधिकारीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको प्राङ्गणमा वृक्षरोपण
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
“रुख रोपौं वातावरण जोगाऔं” भन्ने भनाईलाई आत्मसाथ गर्दै गरिएको उक्त कार्यक्रममा एसएसपी प्रभु प्रसाद ढकाल, एसपी ई. ईश्वर थापा, एसपी भेषराज रिजाल लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

