सिरहाको लहानमा दुई जनालाई गोली हानेर लागुऔषध कारोबारी पक्राउ
नेपाल प्रहरीले लागुऔषध (खैरो हेरोइन) ओसारपसारमा संलग्न भारतीय नागरिकलाई सिरहाको हस्पिटल चोकमा गोली हानेर पक्राउ गरेको छ ।
प्रहरीमाथि पेस्तोल तेसार्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाइएको गोलीले दुई जना घाइते भएका छन्
नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरो सँगको विशेष अपरेशनमा लागुऔषध कारोबारमा संलग्न तस्करहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो।
काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

