बाजुरा जिल्लाकी डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुन सफल
जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुनुभएको छ । प्रहरी संगठनभित्र एक व्यावसायिक, अनुशासित र परिणाममुखी अधिकृतको रूपमा चिनिनुहुने बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट साबित हुनुभएको छ ।
अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन र समन्वयात्मक कार्यशैलीमा अब्बल साबित हुँदै उहाँले आफ्नो कार्यसम्पादन मूल्यांकनमा उच्च स्थान हासिल गर्नुभएको छ ।
भौगोलिक रूपमा विकट रहेको बाजुरामा घरेलु हिंसा, बालविवाह, मदिरा नियन्त्रण, र गाँजा फडानी जस्ता सामाजिक विसंगति विरुद्ध उहाँको कमाण्डमा सक्रिय कारबाहीहरू भइरहेका छन्।
जिल्लाको विकट हिमाली गाउँपालिका-३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको अनुसन्धानका लागि उहाँ आफैं कार्यक्षेत्रमा खटिनुभएको थियो।
बाजुरा जिल्लाकी डीएसपी शैलेश्वरी बोहरा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुन सफल

