आईजीपी दान कार्कीले मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई भर्चुअल कन्फरेन्स (Virtual Conference) मार्फत समसामयिक विषयहरूमा निर्देशन
आम नागरिकको जिउधनको रक्षा, समाजमा शान्ति सुरक्षा कायम गर्न र सम्भावित सुरक्षा चुनौतीहरूको पूर्वतयारीमा सतर्क रहन निर्देशन।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग प्रति थप संवेदनशील हुनुपर्ने र आपत्/विपद् एवम् दु:ख पीडामा प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूको समस्यालाई उचित सम्बोधन गर्नेतर्फ उहाँले विशेष जोड दिनुभयो । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्दै गुनासो तथा उजुरीको लागि क्यूआर कोडको प्रयोग तथा एसएमएस मार्फत भए/गरेका प्रगतिहरू बारे जानकारी दिने व्यवस्था गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।

