“हामी सबै सँग सँगै” कार्यक्रम अन्तर्गत जिल्लामा महिला बालबालिका जेष्ठ नागरिक दलित सिमान्तकृत समुदाय बिरुद्ध हुने अपराधको अवस्था बारेमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लगायत पदाधिकारीहरु सँग अन्तरक्रिया कार्यक्रम
शुक्रवार ०८ साउन २०८३
जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्की ज्यूको प्रमुख आथित्यता, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.ना.म.नि. जयराज सापकोटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्र.उ. मुकुन्द प्रसाद रिजाल, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका कार्यालय प्रमुख प्र.उ. प्रेम सागर के.सी., नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायत कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितिमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. श्रवण कुमार वि.क. ज्यूले जिल्लामा महिला बालबालिका जेष्ठ नागरिक बिरुद्ध हुने अपराधको अवस्था बारेमा जानकारी गराउनु भई आगामी दिनहरुमा यस्ता समस्या समाधानका लागि गरिनु पर्ने पहल लगायतका विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको ।

