प्रहरी श्रीमती संघद्वारा पशुपतीमा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको दोस्रो सोमबार पशुपतीनाथको मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
श्रीमती संघकी सचिव (प्रशासन) बरुणा थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारीहरु, आसरा सुधार केन्द्र रानीबनारी काठमाडौका पदाधिकारीहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

