एसपी रविन कार्कीद्वारा प्रहरी जवान रिता थापा मगरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत गरे
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँको पत्रादेश वमोजिम प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी वरिष्ठ हवल्दार केशर थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
साथै, काभ्रे प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय, बनेपामा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्नुहुने प्रहरी जवान रिता थापा मगरलाई असार महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरी पुरस्कृत गरिएको छ।
सो अवसरमा एसपी रविन कार्कीले पदोन्नति हुनुभएका प्रहरी वरिष्ठ हवल्दार केशर थापा तथा सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएका प्रहरी जवान रिता थापा मगरलाई हार्दिक बधाई ज्ञापन गर्नुहुँदै आगामी दिनहरूमा संगठनले दिएको थप जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगले कार्यसम्पादनका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो।

