सुनसरी जिल्लाको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी एसपी पुष्पराज मल्ललाई
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समूहबीच भएको झडप र त्यसपछिको परिस्थितिलाई नियन्त्रणमा लिन नसकेको भन्दै सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएसँगै प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई सुनसरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसअघि उहाँ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुनुहुन्थ्यो ।

