पर्यटक मैत्री जानकारीमूलक QR CODE सुभारम्भ कार्यक्रम सम्पन्न ।
साउन-११, पोखरा ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पर्यटकलाई सुरक्षित, सहज तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले पर्यटक मैत्री जानकारीमूलक QR Code को शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जी.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकाय, पर्यटन व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिहरूबीच पर्यटन र सुरक्षा सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न भएको थियो । उक्त QR Code मार्फत पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण लगायत उपयोगी सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा पर्यटन सुरक्षालाई थप प्रभावकारी बनाउने, पर्यटकमैत्री वातावरण सिर्जना गर्ने तथा नेपाल प्रहरी र पर्यटन क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि सुरक्षा निकाय, स्थानीय सरकार, पर्यटन व्यवसायी तथा सम्बन्धित सरोकारवालाबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा पोखरा पर्टन परिषद, पोखराका अध्यक्ष तारानाथ पहारी,पोखरा पर्यटन परिषद् तथा पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई,पोखरा पर्यटन परिषद्का महासचिव जिवनराज सापकोटा,HAN पोखराका अध्यक्ष लक्ष्मण सुवेदी,TAN पोखराका अध्यक्ष कृष्ण प्रसाद आचार्य, REWAN पोखराका अध्यक्ष विश्वराज पौडेल,पोखरेली ट्याक्सी सेवा प्रा.लि.पोखराकी अध्यक्ष शोभाकान्त पोखरेल, एगा पोखराका अध्यक्ष गोकर्ण लम्साल,टेसा पोखराका अध्यक्ष टिका बहादुर लम्साल,नेपाल हवाई खेलकुद संस्था पोखराका अध्यक्ष अनिल के.सी,नेपाल पर्वतरोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङ,भटोफ गण्डकीका अध्यक्ष रमेश अर्याल,नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रवि प्रसाद आचार्य,नारा पोखराका अध्यक्ष विरेन्द्र लामा,फेवा डुङ्गा व्यवसायी संगठन लेकसाइड पोखराका अध्यक्ष बलाराम गिरी,ओटेफ पोखराका अध्यक्ष ममता न्यौपाने,टे-वान पोखराका अध्यक्ष शोभा न्यौपाने,विदेशी मुद्रा सटही संस्था पोखराका अध्यक्ष रुपक राज मिश्र,होटल प्रतिनिधि समाज कास्कीका माधव लम्साल नाट्टा गण्डकी प्रदेशकी अध्यक्ष संगीता पौडेल,रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, रेवान पोखराका महासचिव विरेन्द्र शेरचन पर्यटन परिषद पोखराका सचिव महेन्द्र तिमिल्सिना,अन्नपुर्ण केवलकार पोखराका अध्यक्ष दिनेश पौडेल प्रहरी वरीष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरला,जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख गोविन्द राज काफ्ले लगायत सिनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

