डिआईजी शेखर खनाल विराटनगर पुगेर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
नेपाल प्रहरी प्रधान कार्यालयको साउन ११ गतेको पत्रादेशले प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।

