डिआईजी शेखर खनालले सङ्गठनको हित र उद्देश्यलाई सर्वोपरि ठानी जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गर्न निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भए पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ ।
साउन १२ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा वहाँले व्यक्तिगत आवश्यकताभन्दा प्रहरी सङ्गठनको आवश्यकता र हितलाई सर्वोपरि ठानी उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भएको छ । उहाँले सङ्गठनको उद्देश्य, लक्ष्य तथा जिम्मेवारीहरू सबै प्रहरी कर्मचारीको आपसी साथ, सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा हासिल गर्न सकिने उल्लेख गर्दै सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

