एसपी नरेशराज सुवेदीद्वारा ट्राफिक व्यवस्थापन, जनचेतना अभिवृद्धिमा स्वयंसेवी रूपमा अनवरत योगदान पुर्याउनु जापानी नागरिकलाई विदाई
JICA सँगको सहकार्यमा काठमाडौं उपत्यकाको सडकमा ट्राफिक व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा सुरक्षित सडक संस्कृतिको प्रवर्द्धनमा स्वयंसेवी रूपमा अनवरत योगदान पुर्याउनुभएका जापानी नागरिक SAWA GUCHI र YAKI TERASHIMA लाई आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एसपी नरेशराज सुवेदीले विदाई गर्नुभएको छ ।
उहाँहरूको निःस्वार्थ सेवा, अनुशासन, समर्पण र नेपालप्रतिको आत्मीयताले हामी सबैलाई प्रेरित गरेको छ। उहाँहरूले पुर्याउनुभएको अमूल्य योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उज्ज्वल भविष्य तथा सुखद यात्राको शुभकामना व्यक्त गर्नुभएको छ ।
तपाईंहरूको योगदान नेपाली सडक सुरक्षा अभियानमा सधैं स्मरणीय रहनेछ।

