दुधौली प्रहरी चौकीका प्रहरी हबल्दार हेरराज खतिवडा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुधौली प्रहरी चौकीका प्रहरी हबल्दार (प्र.ह) हेरराज खतिवडालाई २०८३ असार महिनाको “महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ।
प्रहरी चौकी दुधौलीमा कार्यरत रहँदा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै खतिवडाको नेतृत्वमा तीन फरक–फरक कारबाहीमार्फत ठूलो परिमाणमा लागूऔषध हेरोइन बरामद गरिएको थियो। उक्त अभियानका क्रममा विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता, अनुशासन र समुदायमुखी प्रहरी सेवाका आधारमा खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
यस सम्मानसँगै दुधौली क्षेत्रको शान्ति सुरक्षा तथा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, अन्य प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने अपेक्षा गरेको छ।
दुधौली प्रहरी चौकीका प्रहरी हबल्दार हेरराज खतिवडा ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

