एसएसपी बीर बुढा मगरद्वारा बढुवा भएका प्रहरीलाई “दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम”
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको निर्णयानुसार प्रहरी हबल्दार पदबाट प्रहरी वरिष्ठ हबल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्ठ हवल्दार निरज कुमार जर्घालाई बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढा मगरले दर्ज्यानी चिन्हद्वारा सु-शोभन तथा बधाई ज्ञापन गर्नुका साथै उपस्थित सम्पूर्णमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

