डिआईजी गोबिन्द थपलियाद्वारा नेपाल प्रहरी पहरा गण सामाखुसीको निरीक्षण
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता/ सुचना अधिकारी प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाद्वारा नेपाल प्रहरी पहरा गण सामाखुसी, काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
निरीक्षणका क्रममा डिआईजी थपलियाले गणका विभिन्न शाखा, अभिलेख व्यवस्थापन, तथा कार्यालयको समग्र कार्य सम्पादनको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी पहरा गण सामाखुसी, काठमाडौंका प्रमुख सहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

