बर्दियाका एसपी सरोज पौडेलद्वारा नवनिर्मित प्रहरीको व्यारेक भवन उद्घाटन
लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं.०९ स्थित रहेको इलाका प्रहरी कार्यालय राजापुर बर्दियाको मातहत प्रहरी चौकी तिनघरुवा भिम्मापुर बर्दियाको परिसरमा नवनिर्मित २ कोठे भवनको आज बर्दिया जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका कार्यालय प्रमुख डिएसपी होम प्रकाश चौधरी, स्थानिय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, भद्रभलादमी र बडघरहरु सहितको उपस्थिति रहेको ।

