अपरेसन, फिल्ड कमान्ड र अनुसन्धानमा अनुभवी मानिने एसपी पवन भट्टराई पर्सा प्रहरी प्रमुख
जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाएको छ।
#कुशल कमान्डर र अपरेसन विशेषज्ञ: एसपी पवन भट्टराई सुरक्षा व्यवस्थापन, भिड नियन्त्रण योजना, र प्रहरी परिचालनमा अत्यन्तै अब्बल तथा पोख्त कमान्डर मानिन्छन्।
एसपी पवन भट्टराईले काठमाडौँ प्रहरी परिसरमा रहेर भिड नियन्त्रण, शान्ति सुरक्षा सुरक्षा व्यवस्थापन, फिल्ड कमान्ड तथा अपराध अनुसन्धानमा निकै पोख्त र अब्बल अधिकृतका रूपमा चिनिन्छन्। पाल्पा जिल्लाको प्रहरी प्रमुख रहँदा पनि उनले उत्कृष्ट कार्यसम्पादन गरेका थिए ।

