प्रहरी हवल्दार देवराज शर्मा असार महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार देवराज शर्माले उक्त कार्यालयको प्रशासन शाखाको तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन गरी विमानस्थल सुरक्षामा महत्वपुर्ण योगदान पुर्याउनु भएकोले उनलाई एसएसपी राकेश सिंहले “असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” का रुपमा छनौट गरि नगद पुरस्कार र प्रशंसा पत्रद्वारा सम्मानित गर्नुभयो ।
प्रहरी हवलदार देवराज शर्मालाई हार्दिक बधाई तथा अझै सफलताको शुभकामना।

