एसएसपी ज्ञवालीको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम ८-११५ औं समूह” को तालिम समुद्घाटन
“प्रहरी जवान आधारभूत तालिम ८-११५ औं समूह” को आज लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख एसएसपी दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा तालिम समुद्घाटन भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एवं तालिम केन्द्रका प्रमुख एसएसपी ज्ञवालीले प्रशिक्षार्थीहरूलाई प्रहरी जीवनमा अनुशासन र तालिमको महत्वका बारेमा जानकारी दिदै तालिमलाई हैरानीको रुपमा नलिइ सिकाईको सुनौलो अवसरका रुपमा ग्रहण गरी तालिम केन्द्रको स्थायी आदेश तथा संगठनको नीति निर्देशनको पुर्णरुपमा पालना गरी तालिम सफलतापुर्वक सम्पन्न गर्नको लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने तालिमका संयोजक डिएसपी ज्ञान विष्टले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उक्त अवसरमा नवप्रवेशी प्रशिक्षार्थी प्रहरी जवानहरुलाई तालिम केन्द्रमा तालिमरत ८-११४ औं समुहका प्रशिक्षार्थीहरुबाट बिभिन्न विधाहरुको “कवाज प्रदर्शनी” गरिएको थियो भने लुम्बिनी प्रदेश प्रहरी संगीत ब्यान्डले देशभक्तिपूर्ण विविध साङ्गीतिक धुनहरू प्रस्तुत गरेको थियो ।

