एआइजी सुशील सिंह राठौरले जनभावना अनुसार उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न निर्देशन
उपत्यका प्रमुख एआइजी सुशील सिंह राठौरले जिल्ला प्रहरी परिसर, भक्तपुरको निरीक्षण तथा निर्देशन सम्पन्न।
निरीक्षणका क्रममा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी राठौरले भक्तपुर परिसरका विभिन्न शाखा, सेवा प्रवाह, मुद्दा अनुसन्धानको अवस्था, अभिलेख व्यवस्थापन, हिरासत व्यवस्थापन, सुरक्षा व्यवस्था तथा कार्यालयको समग्र कार्य सम्पादनको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सहित प्रहरी बृत्त प्रमुख, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

