एआईजी सुशील सिंह राठौरद्वारा अवकाश प्राप्त एसपी अंशु सिंहको फौजी परम्परा अनुसार विदाई
नेपाल प्रहरीको प्राविधिक प्रहरी नायव निरीक्षक पदमा सेवा प्रवेश गरी लगनशिल, ईमान्दारी, कर्तव्यनिष्ठ एवं उच्च व्यवसायीकताका साथ देश र नागरिकको सुरक्षामा अनवरत रुपमा खटिई प्रहरी संगठनको श्रीवृद्धी गर्नमा ३० वर्षसम्म अमूल्य योगदान दिदै अनिवार्य अवकाश भएका प्राविधिक प्रहरी उपरीक्षक अंशु कुमार सिंहलाई आज प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूद्वारा एक बिदाई कार्यक्रमाका बिच स-सम्मान बिदाई कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

