डिआईजी शेखर खनालद्वारा अनिवार्य अवकाश भएका एसएसपी भीम दाहालको सम्मानपुर्वक विदाइ
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका विच अनिवार्य अवकाश भई जान लाग्नु भएका एसएसपी भीम बहादुर दाहाललाई सम्मानपुर्वक विदाइ गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले दाहाललाई सम्मानपत्र तथा मायाको चिनोसहित विदाइ गर्दै नेपाल प्रहरी संगठनमा रहँदा उहाँले पुर्याउनु भएको समर्पित, अनुकरणीय र उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले दाहालको सेवाभाव, कर्तव्यनिष्ठा र नेतृत्व संगठनका लागि सदैव स्मरणीय रहने उल्लेख गर्दै अवकाश पछिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
विदाइ मन्तव्यका क्रममा अनिवार्य अवकाश भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले वर्दीबाट आफु अलग भए पनि नेपाल प्रहरी संगठन प्रतिको माया, सम्मान र आत्मीयता कहिल्यै कम नहुने बताउनुभयो । उहाँले प्रहरी सेवामा रहँदा निर्वाह गरेका जिम्मेवारी, प्राप्त अनुभव तथा सहकर्मीहरूसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै प्रहरी संगठनप्रति आभार व्यक्त गर्नुभयो ।

