एआईजी सुशील सिंह राठौरद्वारा ललितपुर प्रहरी परिसरको निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी सुशील सिंह राठौर सहितको टोलीले आज जिल्ला प्रहरी परिसर ललितपुर पुगेर उक्त कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका विभिन्न शाखाहरु, परिचालन कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर ललितपुर मातहतका प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै एआईजीले बिभिन्न समयमा आउने चुनौतीलाई प्रहरी कौशलताका साथ प्रस्तुत गर्ने अवसरको रुपमा सदुपयोग गरी प्रहरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

