प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यतामा ४२ औं वार्षिक साधारण सभा सम्पन्न
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिक साधारण सभा कार्यक्रम नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा सम्पन्न ।
श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख सभा अध्यक्षतामा सम्पन्न भएको उक्त वार्षिक साधारण सभाको कार्यक्रम सञ्चाल संघकी सचिव संगिता लम्सालले, कोषाध्यक्ष राधिका ज्ञवालीले संघको वार्षिक आयव्यय प्रतिवेदन पेश र संघका सह-सचिव मन्जु शर्माले संघको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्य प्रगती विवरण पेश गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघकी अध्यक्ष नविना खत्री कार्कीले नेपाल प्रहरी संघ सुरक्षाकर्मीहरुको परिवारमा समर्पित, सहयोग र संवेदनशिलताको प्रतिबिम्ब र सामाजिक उत्तरदायित्व, एकता र सामाजिक सेवा भावको उज्यालो प्रतिक हो र यस संस्था प्रहरी परिवार र समुदाय विचको भावनात्मक पुलको रुपमा क्रियाशिल रहदै आएको कुरा समेत बताउनु भयो ।

