एसएसपी तुल कार्कीद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह सु-शोभन
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार जनपद प्रहरी समूह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी भक्त अधिकारीलाई दर्ज्यानी चिन्ह सु-शोभन गर्नु हुदै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायत ललितपुर परिसरका एसपी, डिएसपी तथा इन्सपेक्टरहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

