डिआईजी गोबिन्द थपलियाद्वारा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिरपुरेश्वरको निरीक्षण तथा निर्देशन
डिआईजी थपलियाले निरीक्षणका क्रममा गणका विभिन्न शाखा, अभिलेख व्यवस्थापन, तथा कार्यालयको समग्र कार्य सम्पादनको अवलोकन गर्नुभएको थियो ।
उपत्यकाभित्र हुन सक्ने सम्भावित अपराधिक क्रियाकलाप, आन्दोलन वा शान्ति सुरक्षा भंग हुने अवस्थामा तत्काल परिचालन (क्विक रेस्पोन्स) हुन तम्तयार रहन समेत निर्देशन दिनुभएको छ ।
साथै उक्त गणका गण प्रमुख सहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

