भ्याली प्रमुख एआईजी सुशील सिंह राठौरद्वारा उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौरद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ एआईजी राठौरले विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, आगामी दिनहरुमा समेत भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी सफल अनुसन्धान गर्न निर्देशन दिनु भयो ।

