अचानक सम्पर्कबिहिन भै हराएका युवा अमीर सुवेदीको खोजी गर्न सबैले जति सक्दो शेयर गरौ !
ऋषिराम पाठक – अपराध संबाददाता : बिस्तृत बिवरण : बढैयाताल गाँउपालिका वार्ड नंबर ३ सिमरा तमौलीपुर, बर्दिया जिल्ला निवासी रामजी सुवेदीका ४३ वर्षीय छोरा अमीर सुवेदी मिति – १४ दिसंबर २०२३ का दिन आफन्ती मोहन अधिकारी संग चेन्नई गएका थिए। मोहन अधिकारी चेन्नईको ECR मा अबस्थित अमिट युनिवर्सिटीमा कार्यरत भएको हुदा केही दिन अमिर सुवेदी पनि त्यहा वसेका थिए। केही दिनको बसाई पछि निज अमिर सुवेदीलाई साथीले हार्डवेयरको दोकानमा नोकरी लगाई दिनु भएछ तर त्यहा पनि त्यती सहज नभए पछि साथीहरू मार्फत निजलाइ फेरी एउटा कलेजमा नोकरी लगाए दिएका रहेछन। नोकरी लागेको केही समय सम्म घरपरिवारसंग फेसबुक मेसेन्जर मार्फत सम्पर्क गर्ने गर्दथे। दुर्भाग्यवश अचानक १० जुलाई २०२४ बाट निज अमिर सुवेदी सम्पर्क विहिन भएको कुरा निजका वुवा रामजी सुवेदीले बताउनु भयो। सम्पर्क विहिन भए पछि रामजी सुवेदीजीले उक्त मोहन अधिकारीलाइ जानकारी गराउनु भयो। मोहन अधिकारी अमीर सुवेदीले काम गर्ने कलेजमा गएर बुज्ने क्रममा तलव बुजेर म त नेपाल आफ्नो घर जान्छु भन्दै निस्केको कुरा कलेज का सम्बन्धित स्टाफले जानकारी गराएका रहेछन। निजका परिवारले विभिन्न माध्यमबाट हराएका अमिर सुवेदीको खोजीकार्य गरिरहेका छन तर आजसम्म पनि निज परिवारको सम्पर्कमा आएका छैनन। निजका वुवा रामजी सुवेदीले चेन्नैई आएर मिति – १-८-२०२६ मा अखिल भारत नेपाली एकता समाजलाइ छोराको खोजी कार्यमा सहयोग गर्न अपिल गरे पछि अखिल भारत नेपाली एकता समाजले सामाजिक संजाल फेसबुक मार्फत खोज कार्यलाइ अगाडी बढाएको छ। करिव ५.१ फिट उचाइ गहुँगोरो वर्ण भएका नेपाली हिन्दी र अंग्रेजी बोल्न सक्ने निज अमिर सुवेदीलाइ कुनै पनि महानुभावले फेला पारेमा वा कुनै जानकारी पाएमा निम्न नंबरमा सम्पर्क गरिदिनुहुन अखिल भारत नेपाली एकता समाज सबैलाई हार्दिक अनुरोध गर्दछ।
निजको खोजी कार्यलाइ सहज वनाउनको लागि सम्पूर्ण समाजसेवी सज्जनवृन्दले शक्दो सेयर गरिदिनु होला।
आबश्यक परेमा फोन सम्पर्क नंबरहरु ।
👉🏿हरि रेग्मी – 9940329848 (चेन्नई)
👉🏿मोहन अधिकारी – 956627665 (चेन्नई)
👉🏿उमानन्द आचार्य – 97908 50902 (चेन्नई)
👉🏿एमबी हमाल – 98277 08800 (भोपाल)
👉🏿कृष्ण पौडेल – 91779 28466 (हैदराबाद)
रामजी पौडेल (बुवा) – 00977- 9848114236 (नेपाल)
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻हाम्रो बिनम्र अनुरोध 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
बाबु अमिर तिमि जस्तो टाठो मानिस हराएको खबर सुन्दा निकै भाव बिव्हल भए .. तिमी जहाँ सुकै जस्तो अबस्थामा रहे पनि सकुशल घर परिबारको सम्पर्कमा आऊ… भाई तिम्रो सिघ्र सुस्वास्थ्य र दीर्घायुको कामना .. हामी पर्खी रहेका छौ ! ईश्वरले तिम्रो रक्षा गरुन ! जय पशुपतिनाथ रक्षा गर्नुहोस !

