एसएसपी दिप शमशेर जबराद्वारा रौतहट जिल्लाको स्थलगत सुरक्षा अवस्थाको प्रत्यक्ष मूल्यांकन र अनुगमन गर्नुहुँदै
एसएसपी दीप शम्शेर जबरा शान्ति सुरक्षा सुदृढ बनाउन र स्थलगत सहजीकरणका लागि हिजो नै जिल्ला प्रहरी कार्यालय रौतहट पुग्नुभएको छ ।
मधेशका जिल्लाहरूमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै, परिस्थितिलाई पूर्ण नियन्त्रणमा राख्न र स्थानीय निकायहरूसँग समन्वय बढाउन नेपाल प्रहरी प्रधान कार्यालयले उहाँलाई विशेष जिम्मेवारीसहित रौतहट खटाएको हो ।
एसएसपी दीप शम्शेर जबराको टोलीले स्थानीयस्तरमा शान्ति सुरक्षाको अवस्था बुझ्ने, मातहतका इकाईहरूको निरीक्षण गर्ने र आवश्यक सुरक्षा रणनीति लागू गर्ने कार्य गरिरहेको छ ।

