एआईजी सुशील सिंह राठौरद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन
विमानस्थल देशको मुख्य प्रवेशद्वार र संवेदनशील स्थल भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त, त्रुटिरहित र भरपर्दो बनाउन एआइजीले निर्देशन दिनुभएको छ । साथै यात्रुहरूको सुरक्षा, विमानस्थलका महत्वपूर्ण उपकरणहरूको संरक्षण, र सम्भावित आकस्मिक चुनौतीहरू सामना गर्न प्रहरी सधैँ तयारी अवस्थामा रहनुपर्ने निर्देशन ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरिक्षक सोमेन्द्र सिंह राठौर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका प्रमुख एसएसपी बसन्त रजौरे सहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

