एआईजी राजन अधिकारीद्वारा सरुवा भएका डिएसपी सूर्य बोगटीलाई सफलताको शुभकामना सहित विदाई
वडा प्रहरी कार्यालय बैदाम, कास्कीको कार्यालय प्रमुखको रूपमा काजसरुवा हुनुभएका प्रहरी नायब उपरीक्षक डिएसपी सूर्यबहादुर बोगटीको सम्मानमा आज राष्ट्रिय प्रहरी प्रतिष्ठानमा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यावसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

