डिआईजी भूपेन्द्र खत्रीले अपराध नियन्त्रण र शान्ति–सुरक्षा लगायतका विषयमा निर्देशन
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुगमन गर्नुभई अपराध नियन्त्रण, शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, महिला बालबालिका तथा जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन ।
डिआइजी खत्रीको नेतृत्वमा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ यो अनुगमन र निर्देशन कार्यक्रम सम्पन्न भएको हो।

