डिआईजी शेखर खनालद्वारा कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले साउन १८ कोशी प्रदेश प्रहरी गण, विराटनगरको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा उहाँले कार्यालय भवन, विभिन्न शाखा, मेस, चमेनागृह, पुस्तकालय तथा ब्यारेकको निरीक्षण अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा उहाँले कोशी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरु आगलागी, बाढी, पहिरो जस्ता विपद्को अवस्थामा र बन्द, हडताल लगायतका संवेदनशील अवस्थामा तत्काल परिचालन भई नागरिकको रक्षा तथा शान्ति सुरक्षा प्रदान गर्न शारीरिक तथा मानसिकरुपमा तन्दुरुस्त भई चौविसै घण्टा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनु भएको छ ।

