एआईजी सुशील सिंह राठौरद्वारा उपत्यका प्रहरी शिक्षालय र उपत्यका प्रहरी सशस्त्र प्रहरी गण महाराजगञ्जकको निरीक्षण
एआईजी राठौरले उपत्यका प्रहरी प्रमुखको कमान्ड सम्हालेपश्चात् भ्याली मातहतका कार्यालयहरूको वस्तुस्थिति बुझ्न र सुरक्षा व्यवस्था चुस्त राख्न यो निरीक्षण गर्नुभएको हो।
एआईजी सुशील सिंह राठौरले काठमाडौं उपत्यका प्रहरी शिक्षालय र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जको निरीक्षण गरी सुरक्षा व्यवस्था, ब्यारेकको अवस्था र कार्यसम्पादनको बारेमा जानकारी लिनुभयो र कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभयो।
निरीक्षणका क्रममा दुवै कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयको विद्यमान जनशक्ति, स्रोत-साधन र चुनौतीहरूबारे एआईजी राठौरलाई जानकारी गराएका थिए।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठौर काठमाडौं उपत्यका प्रहरी शिक्षालय र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गणका प्रमुखहरू सहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

