एसएसपी दीप शम्शेर राणाले रौतहटको विभिन्न गाउँ र नगरका बासिन्दासँग भेटेर समस्या र गुनासाहरू सुन्नुहुँदै
मधेस प्रदेशको सुरक्षा स्थिति सामान्य पार्न एसएसपी दीप शम्शेर राणाले रौतहट जिल्लाका विभिन्न गाउँमा पुगी स्थानीय समुदायसँग समन्वय, सहजीकरण तथा गुनासो सुन्ने काम गरिरहनुभएको छ ।
एसएसपी राणाको टोलीले स्थानीयस्तरमा रहेका सुरक्षासम्बन्धी समस्या र नागरिकका गुनासोहरूलाई प्रत्यक्ष रूपमा सुनेर तत्कालै समाधान गर्ने तर्फ पहल थालिएको छ। समुदायहरूबीच आपसी अविश्वास हटाई सामाजिक सद्भाव र भाइचारा कायम राख्न प्रहरीले सहजीकरणको भूमिका निर्वाह गरिरहेको छ ।

