डिआईजी सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय दार्चुलाको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
डिआईजी भट्टराईले कार्यालयको समग्र वस्तुस्थिति, शान्ति सुरक्षा व्यवस्था, अपराध अनुसन्धान तथा नागरिकलाई प्रदान गरिने प्रहरी सेवाको अवस्थाबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ इमान्दारी, व्यावसायिकता र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
साथै वर्षायाममा हुन सक्ने विपद् तथा अन्य आकस्मिक घटनाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी अवस्थामा रही आवश्यक पर्दा तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ।

