सशस्त्र आईजीपी पौडेलले संयुक्त राष्ट्रसंघको शान्ति मिशन साउथ सुडान जाने सशस्त्र प्रहरीलाई बिदाई
सशस्त्र आईजीपी नारायण दत्त पौडेलले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (FPU) को रुपमा कार्य गर्न जाने १३औं डफ्फाको साउन २० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभएको छ ।
‘युनाइटेड नेशन्स मिसन इन साउथ सुडान’ (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) को रूपमा कार्य गर्न जाने उक्त टोलीलाई उत्कृष्ट कार्यसम्पादनको कामनासहित बिदाइ गरिएको हो।

