डिएसपी सूर्यबहादुर बोगटीले नागरिक समाजसँग परिचयात्मक तथा शान्ति सुरक्षा सम्बन्धी छलफल
पोखरास्थित वडा प्रहरी कार्यालय बैदामका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (DSP) सूर्यबहादुर बोगटीले कार्यभार सम्हालेलगत्तै स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र र नागरिक समाजसँग परिचयात्मक तथा शान्ति सुरक्षा सम्बन्धी छलफल तीव्र पारेका छन्।
हालै मात्र नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार बैदाम सरुवा भएका डीएसपी बोगटीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र आसपासको सुरक्षालाई प्रभावकारी बनाउन सामुदायिक सहकार्यलाई जोड दिएका छन्।

