डिआईजी शेखर खनालले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।
वहाँले सडक अनुशासन कायम राख्न ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउदै दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिनु भएको छ । त्यसैगरी भीडभाड तथा दुर्घटनाको जोखिम बढी हुने स्थानहरूको पहिचान गरी विशेष ट्राफिक योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको छ । वहाँले समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन तथा नागरिकसँग शिष्ट व्यवहार, कानुन कार्यान्वयनमा निष्पक्षता कायम राखी कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ

