डिआईजी सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षण गर्नुभएको छ।
उक्त अवसरमा उहाँले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी परिचालन, अपराध अनुसन्धान तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूलाई कानुनी शासनको प्रभावकारी कार्यान्वयन, व्यावसायिक आचरण र सेवामुखी भावनाका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ।

