प्रहरी श्रीमती संघको ४२औं वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशमा आयोजित रक्तदान तथा बृक्षारोपण कार्यक्रम
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका अध्यक्ष मनिषा उप्रेती अधिकारीको अध्यक्षता एवं डिआईजी ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गण भित्र रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका उपाध्यक्ष रञ्जना उप्रेती, उक्त कार्यालय तथा मातहत कार्यालयका सिनियर प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशका पदाधिकारीहरू, कार्यरत अन्य प्रहरी कर्मचारीहरू समेत १५० जनाको सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा ३२ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभएको थियो ।

