प्रहरी श्रीमती संघको आयोजनामा तनाव व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको सभाहलमा तनाव ब्यवस्थापन सम्बन्धी १ (एक) दिवसिय कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अन्जु कार्की, उपाध्यक्ष श्रीमती सुस्मिता के.सी., सचिव वरूणा थपलिया, संघका कार्यसमितिका पदादिकारीहरु, आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृत, काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन महाशाखा रामशाहापथमा कार्यरत प्रहरी कर्मचारीहरु, नगर प्रहरी कार्यालय भृकुटीमण्डप काठमाडौंमा कार्यरत प्रहरी कर्मचारीहरु, नेपाल प्रहरी श्रीमती संघ तथा नेपाल पुलिस हेल्थ क्लबमा कार्यरत कर्मचारीहरु समेत गरी जम्मा ४५ जना सहभागीहरु रहनु भएको थियो ।

