डिआईजी ओम अधिकारीले ईलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको अनुगमन तथा निरीक्षण तथा प्रहरीलाई निर्देशन
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको अनुगमन, निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।
उहाँले शान्ति सुरक्षा कायम गर्न, सेवाप्रवाहलाई प्रभावकारी बनाउन र जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो। उच्च व्यावसायिकता, अनुशासन र उत्तरदायी भएर सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभएको छ ।

