दाङका एसपी दीपक श्रेष्ठ लुम्बिनी प्रदेशभरिमै असोज महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक श्रेष्ठ २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङले श्रेष्ठलाई पेशागत जिम्मेवारी तथा पदीय दायित्व पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्दै मातहतका प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि, अपराध अनुसन्धान तथा नियन्त्रण र नवीन कार्यक्रममार्फत प्रहरी संगठनको श्रीवृद्धिमा पुर्याउनुभएको योगदानको कदर गर्दै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।
उत्कृष्ट प्रहरी घोषित श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले बधाई दिँदै आगामी दिनमा थप जिम्मेवारी, व्यावसायिक सफलता र उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

