डिआईजी भूपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा प्रहरी युक्ति तालिम महाविद्यालयको ११औं वार्षिकोत्सव
नेपाल प्रहरी युक्ति महाविद्यालय जर्गाहको ११ औं वार्षिकोत्सव २०८३ को पावन अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न ।
डिआईजी खत्रीले महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण-२०८३’ स्मारिकाको बिमोचन गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा डिआईजीले महाविद्यालय परिसरमा प्रशिक्षणमैत्री वातावरणमा प्रशिक्षण सञ्चालन गर्न आग्रह गर्दै तालिमको गुणस्तर र व्यवसायिकतालाई असर पर्ने जस्ता कार्यहरू हुन नदिनेतर्फ सबै प्रशिक्षकवर्ग सचेत रहनुपर्ने बताउनुभयो ।
नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी(पश्चिम)का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीले उक्त अवसरमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

