एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम
प्रहरी वृत्त मालीगाउँले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम काठमाडौँका प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा नागरिकको गुनासो सुन्ने तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित अन्तरक्रिया सम्पन्न ।
उक्त कार्यक्रममा जिल्ला भित्रको पछिल्लो सुरक्षा अवस्था, अपराध नियन्त्रण र प्रहरी परिचालनबारे छलफल तथा स्थानीय बासिन्दाहरूले टोल – टोलमा हुने चोरी – डकैती, लागुऔषध दुर्व्यसनी, सवारी जाम तथा साइबर अपराध सम्बन्धी आफ्ना समस्या र गुनासा प्रत्यक्ष रूपमा राखे।
एसएसपी घिमिरेले नागरिकका सुझावलाई तत्काल कार्यान्वयन गर्दै पीडितलाई न्यायको सुनिश्चितता दिलाउने र ‘हाम्रो प्रहरी’ अभियान अन्तर्गत जनमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए।

