प्रहरी वृत्त कालिमाटी, काठमाण्डौका प्रहरी नायव उपरीक्षक dsp नरेश कुमार सिंह द्वारा प्रशंसा-पत्र BEST POLICE OF THE MONTH प्रहरी सहायक हवल्दार शेष सदाम लाई यो प्रशंसा पत्र प्रदान गरिएको छ।
दरबन्दी / कार्यरत: प्रहरी वृत्त कालिमाटी, काठमाण्डौ
मिति २०८३/०४/२६ गते अन्दाजी दिनको १३:४० बजेको समयमा काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. १४, कुलेश्वर स्थितमा स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिई गई कुलेश्वर फलफूल मण्डी स्थित आँचल फ्रुट सेन्टरको सञ्चालक जिल्ला बारा घर भएका वर्ष ३३ को जितेन्द्र साह तुरहाको पसल र डेरा कोठामा चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली नगद रु. ७६,२७,३००/- (अक्षेरुपी छयत्तर लाख सत्ताइस हजार तीन सय) र भारतीय नगद रु. ३,०४,३००/- (अक्षेरुपी तीन लाख चार हजार तीन सय) फेला पारी तत्काल नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन सफल भई नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी ईमान्दारी, बफादारी एवं लगनशील भई उत्कृष्ट ढंगले सफल बनाउनुको साथै प्रभावकारी ढंगले कार्य सम्पादन गरी आफ्नो पदीय दायित्व अनुसार आफूलाई सुम्पिएको जिम्मेवारी अनुशासित, इमान्दारी एवं कर्तव्यनिष्ठताका साथ विभागीय नीति निर्देशन र आदेशको पूर्ण पालना गरी सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाईँले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८३ साल श्रावण महिनाको “Police of The Month” को रुपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ।

