एसएसपी सुरेश काफ्लेद्वारा उपत्यकाभित्र कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीहरूलाई कडा निर्देशन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले उपत्यकामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरीलाई अनुशासन, उच्च जिम्मेवारीबोध र नागरिकप्रतिको सदाचारका साथ कर्तव्य पालना गर्न कडा निर्देशन दिएका छन्। उनले गल्ती गर्ने वा लापरवाही गर्ने ट्राफिक कर्मचारीलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेका छन्।
ट्राफिक नियम उल्लंघन गर्ने जोसुकै भए पनि कानुन बमोजिम कारबाही गर्नुपर्ने र कसैलाई पनि नाजायज सहुलियत वा छुट दिन नपाइने र साथै आर्थिक प्रलोभन वा भ्रष्टाचारजन्य क्रियाकलापमा शून्य सहनशीलता (Zero Tolerance) अपनाइने र दोषी पाइए कडा विभागीय कारबाही हुने बताए ।

