हेक्का रहोस प्रहरी संगठन कसैको बिर्ता होइन र कसैले ससुराली बाट ल्याएको दाइजो पनि होइन। यो नितान्त राज्यको स्थाई संगठन हो
सरकार चाहिँ अस्थायी हो। कहिले छलाङेको सरकार हुन्छ कहिले अरिङालको हुन्छ। अहिले खरानेको होला तर राजनीतिक भन्दैमा र नेतृत्वमा छु भन्दैमा राज्यका निकायलाई जथाभावी गर्ने अधिकार कसैलाई छैन र हुँदैन।
सल्लाह त मान्छेले पो लिन्छ दुनियाँमा दुई खुट्टे पशुले कस्को सल्लाह लिएको छ ? सुरक्षा सल्लाह लिनेभए अहिले लिए भै गो त। त्यस्का लागि नेतृत्व नै फेर्नुपर्ने हो र ? प्रहरीको चेन अफ कमान्ड भत्काउने र संगठनको मनोबल घटाउने काम कसैले नगरौं र नगराऔं।धेरै समय लाग्दैन है भदौ २३ र २४ को घटनाका मतियारहरु खोरमा जाकिने दिन।प्रहरीलाई के के गरेका थियौ ? घटनमा को को सम्लग्न थियौ ? सबैको हिसाबकिताब राम्रोसँग असुल्छन जनताले।
तेरै विरुद्धमा करिव ३ दर्जन उजुरी परेको थाहा छ कि छैन ? घण्टा वा खराने पार्टीबाट निर्वाचित गराईएका कतिजनालाई कारबाहीको सिफारिस गरिएको छ ? अपराध लुकाएर लुक्छ भन्ने सोचेको हो ? याद राख अहंकारको रुखमा सर्बनासको फल मात्रै फल्छ। त्यो फलको असरबाट आफैँलाई कसरी जोगाउलास ? हेरौला।

